ग्लोबल


हमास-इजरायल युद्धविराममा ठूलो धक्का, ६०० प्यालेस्टिनीको रिहाइ रोकियो

हमास-इजरायल युद्धविराममा ठूलो धक्का, ६०० प्यालेस्टिनीको रिहाइ रोकियो

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
फागुन ११, २०८१ आइतबार ८:१०, काठमाडौँ

हमासले शनिबार ६ बन्धक छाडेको सट्टामा हुने भनिएको ६०२ जना प्यालेस्टिनी कैदी रिहा इजरायलले अनिश्चितकालका लागि स्थगन गरिएको बताएको छ। 

इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठूलो धक्काको रूपमा हेरिएको छ।

गाजामा युद्धविरामअन्तर्गत हमासले शनिबार हिशाम अल-सयद, एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेन्कर्ट, एवेरा मङ्गिस्टु र ताल शोहम नामका ६ जना बन्धक छाडेको थियो। 

बदलामा इजरायलले पनि शनिबारै आफ्ना जेलमा रहेका ६०२ प्यालेस्टिनी रिहा गर्ने सम्झौता थियो। 

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी बन्दीहरूको रिहाइ अब हमासले बाँकी बन्धक अर्कोपटक सुम्पिने ग्यारेन्टी नगरेसम्म रोकिने बताएका हुन्। 

युद्धविरामको पहिलो चरणमा इजरायली बन्धकहरूको रिहाइको एक चरण अझै बाँकी छ।

नेतन्याहुले हमासले युद्धविरामसँग सम्बन्धित नियम 'लगातार उल्लंघन' गरेको आरोप लगाएका छन्।

उनले भने, ‘हामासले इजरायली बन्धकहरूलाई प्रचार गर्न दुरुपयोग गरिरहेको छ।’

बीबीसीका अनुसार इजरायल र हमासबीच भएको सम्झौतालाई तीन चरणमा कार्यान्वयन गरिने छ।

पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरू रिहा गर्नेछ। 

यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र त्यसपछि अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम गरिनेछ।

गत जनवरी १९ देखि भएको युद्धविरामयता हमासले शनिबार (फागुन १० गते) सातौँपटक बन्धक रिहा गरेको हो।

शनिबार रिहा गरिएका ६ जनासमेत गरेर हमासले अहिलेसम्म ३० जना बन्धक मुक्त गरेको छ। 

इजरायलले भने यसअघि छैटौँपटकसम्म ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ। 

यसबीच नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा गरिएको छ। तर अहिलेसम्म उनको पालो आएन। 

पहिलो चरणको युद्धविरामअन्तर्गत भएको सम्झौताअनुसार हमासले जम्मा ३३ बन्धक छाड्ने भनिएको छ। यस हिसाबले अब उसले मुक्त गर्न ३ बन्धक मात्र बाँकी छ। 

बदलामा इजरायलले २ हजार कैदीलाई जेलमु्क्त गर्ने सम्झौता छ।

पहिलो चरणको युद्धविरामबीच दोस्रो चरणको युद्धविराम गर्न मध्यस्थकर्ताहरूले छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad