ग्लोबल


जेलेन्स्कीप्रति ट्रम्पको आक्रोश: ‘चुनावबिनाको तानाशाह’

जेलेन्स्कीप्रति ट्रम्पको आक्रोश: ‘चुनावबिनाको तानाशाह’

नेपालखबर
फागुन ८, २०८१ बिहिबार १५:२, काठमाडौँ

युक्रेनमा जारी युद्ध अन्त्यका विषयमा युक्रेनबिनै अमेरिका र रुसबीच वार्ता भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भनाभन सुरु भएको छ।

अमेरिकाका राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा जेलेन्स्कीलाई ‘चुनावबिनाको तानाशाह’ भनेका छन्।

यसअघि जेलेन्स्कीले रुसले युक्रेनबारे धेरै गलत सूचना फैलाएको आरोप लगाउँदै ट्रम्प त्यसैमा रुमलिएको टिप्पणी गरेका थिए।

उनले भनेका थिए, ‘राष्ट्रपति ट्रम्पप्रति मेरो धेरै सम्मान छ, तर उनी गलत सूचनाको दुनियाँमा छन्।’

यसैको जवाफमा ट्रम्पले पनि जेलेन्स्कीलाई ‘चुनावबिनाको तानाशाह’ भनेका हुन्। 

राष्ट्रपतिका रूपमा जेलेन्स्कीको कार्यकाल मे २०२४ मै सकिनुपर्ने  थियो, तर फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेनमा मार्सल ल अर्थात् सैन्य शासन लागू गरिएको छ र चुनाव हुन सकेको छैन।

ट्रम्पले पहिले जेलेन्स्कीको अनुमोदन मूल्यांकन अर्थात् सरल शब्दमा भन्नुपर्दा उनको लोकप्रियता केवल ४ प्रतिशतमा झरेको दाबी गरेका थिए।

तर बीबीसी भेरिफाइको रिपोर्टले ५७ प्रतिशत युक्रेनीले अझै पनि राष्ट्रपति जेलेन्स्कीलाई विश्वास गर्ने देखाएको छ।

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा हालै अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोवबीच साउदी अरेबियामा शान्ति वार्ता भएको थियो।

तर आफ्नो देशलाई नबोलाइएको भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आपत्ति जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad