ग्लोबल


दिल्ली चुनाव: भाजपा उम्मेदवारसँग हारे केजरीवाल

दिल्ली चुनाव: भाजपा उम्मेदवारसँग हारे केजरीवाल

फाइल तस्बिर: भाजपा उम्मेवार प्रवेश वर्मा र आपका उम्मेदवार अरविन्द केजरीवाल


नेपालखबर
माघ २६, २०८१ शनिबार १३:१०, काठमाडौँ

आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरीवालले दिल्ली विधानसभा चुनाव हारेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्ली सिटमा उठेका केजरीवाल भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार प्रवेश वर्मासँग ३ हजारभन्दा बढी मतले हारेका हुन्। 

नतिजाको विस्तृत विवरण भने आउन बाँकी छ। 

दिल्ली विधानसभाका ७० सिटमा भएको चुनावको मतगणना जारी छ। 

यो खबर बनाउँदासम्म भाजपा ४८ सिटमा अगाडि छ भने आम आदमी पार्टी २२ सिटमा अगाडि छ। कंग्रेसले भने अहिलेसम्म एउटा पनि सिटमा अग्रता नलिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad