ग्लोबल


अमेरिकी यातायातमन्त्रीले भने : विमान र हेलिकोप्टरको जुधाइ टार्न सकिन्थ्यो

अमेरिकी यातायातमन्त्रीले भने : विमान र हेलिकोप्टरको जुधाइ टार्न सकिन्थ्यो

नेपालखबर
माघ १७, २०८१ बिहिबार १९:२७,

वासिङ्टनमा भएको विमान र हेलिकोप्टर दुर्घटना टार्न सकिने खालको भएको यातायातमन्त्री सन डफीले बताएका छन्।

दुर्घटनास्थलबाट हालसम्म ३० वटा शव निकालिएको छ। ‍अब यात्रुहरूको जीवितै उद्धारको सम्भावना न्यून रहेको बताइएको छ। विमानमा ६४ र हेलिकोप्टरमा ३ जना सवार थिए।

उनले दुवै पाइलट अनुभवी भएको पनि बताए। हेलिकोप्टर उडान तालिमका क्रममा भए पनि पाइलट अनुभवी भएको उनको भनाइ छ। 

यद्यपि, उनले सम्पूर्ण विवरण प्राप्त भएपछि मात्र निष्कर्ष दिन सकिने बताए।

‘त्यो क्षेत्रमा विमान छ भन्ने कुरा हेलिकोप्टरलाई थाहा थियो,’ उनले भने।

उता अमेरिकन एयरलाइन्सका सीईओले भने दुर्घटनाको दोष हेलिकोप्टरलाई दिए।

‘सेनाको हेलिकोप्टर विमानको बाटोमा किन आयो, यो समयमा हामीलाई थाहा छैन,’ सीईओ रोबर्ट इसोमले भने। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad