रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथको ठिकअघि आफू अमेरिकासँग पुन सम्बन्ध गाँस्न तयार रहेको बताएका छन्।
टेलिभिजनमा प्रसारण गरिएको सुरक्षा परिषदको बैठकमा पुटिनले रुससँग सिधा सम्पर्क कायम गर्ने ट्रम्पको अभिव्यक्तिको स्वागत गरे।
‘हामी निश्चय नै यो तरिकाको स्वागत गर्छौं र अमेरिकाका निर्वाचित राष्ट्रपतिलाई बधाई दिन्छौँ,’ पुटिनले भने, ‘म जोड दिन चाहन्छु, हामीले कहिल्यै संवादलाई अस्वीकार गरेका छैनौँ। अमेरिकी सरकारसँग सधैँ सहकार्यमूलक सम्बन्ध राख्न खोजेका छौँ।’
उनले बराबरी र आपसी सम्मानका आधारमा संवाद सुरु गर्न आफू तयार रहेको बताए।
‘हामी युक्रेनी द्वन्द्वका विषयमा पनि अमेरिकासँग संवादका लागि तयार छौँ,’ उनले थपे। एजेन्सी
567
Shares

प्रतिक्रिया