अमेरिकाको प्रथम महिला मेलानिया ट्रम्पले गत दुई महिनामा ह्वाइट हाउस प्रवेशको तयारीमा बिताएको बताइएको छ। उनले प्रथम महिलाको जिम्मेवारी सम्हाल्ने तयारी गरेकी हुन्।
मेलानियाले यो अवधिमा वैदेशिक मामिला अध्ययन गरेकी छन्। त्यस्तै, ट्रम्पसँगका भीआईपी भोजहरुमा सहभागी भएकी छन्।
उनले निजी रुपमा प्रथम महिलाको कार्यभार ज्यादा हुने स्वीकार गरेकी छन्।
अघिल्लो कार्यकालमा आफू त्यस्तो जिम्मेवारीप्रति अनभिज्ञ रहेको उनले बताउने गरेकी छन्।
हाल ट्रम्प दम्पती शपथअघिको परम्परागत प्रार्थनका लागि सेन्ट जोन्स चर्च पुगेका छन्। एजेन्सी
1.2k
Shares

प्रतिक्रिया