ग्लोबल


गाजामा युद्धविराम र बन्धक रिहाइबारे बाइडेनले गरे नेतन्याहुलाई फोन

गाजामा युद्धविराम र बन्धक रिहाइबारे बाइडेनले गरे नेतन्याहुलाई फोन

नेपालखबर
पुस २९, २०८१ सोमबार ९:४३, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग गाजा युद्धविराम र बन्धक रिहाइका विषयमा जारी वार्ताबारे बारेमा कुराकानी गरेका छन्।

यसलाई अमेरिकाका नवनिर्वाचित डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि सम्झौतामा पुग्ने अन्तिम प्रयासको एक हिस्सा ठानिएको छ।

ह्वाइट हाउसका अनुसार फोन वार्ताका क्रममा राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाइएकाहरूको रिहाइ र तत्काल युद्धविराममा जोड दिएका छन्। 

राष्ट्रपति बाइडेनले गाजामा मानवीय सहायता बढाउनुपर्ने आवश्यकताको बारेमा पनि कुरा गरेका छन्।

यो कुराकानी नेतन्याहुले वार्ताका लागि एक वरिष्ठ प्रतिनिधिमण्डल कतार पठाउँदै गरेको बताएपछि भएको हो। 

शनिबार डोनाल्ड ट्रम्पको मध्यपूर्व दूतले ट्रम्पको शपथअघि सम्झौतामा पुग्ने प्रयासमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेटेका छन्।

ट्रम्पले पहिले नै के भनेका छन् भने आफूले राष्ट्रपतिको कार्यभार सम्हाल्नुअघि बन्धकहरूलाई रिहा गरिएन भने 'विपत्ति' हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad