ग्लोबल


ट्रम्पले भने : पुटिनसँग भेटघाटको चाँजो मिलाउँदै छौँ

ट्रम्पले भने : पुटिनसँग भेटघाटको चाँजो मिलाउँदै छौँ

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १५:१४,

अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्न लागेका डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाटको जाँचो हुँदै गरेको बताएका छन्।

तर, भेटको समय भने उनले खुलाएनन्।

‘उनी भेट्न चाहन्छन् र हामी त्यसको जाँचो मिलाउँदै छौँ,’ ट्रम्प बिहीबार फ्लोरिडामा भने।

‘राष्ट्रपति पुटिन भेट्न चाहन्छन्। उनले सार्वजनिक रुपमै त्यो युद्ध समाप्त गर्नुपर्छ भनेका छन्,’ उनले थपे।

बिहीबार नै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले भेट्ने ट्रम्पको इच्छालाई पुटिनले स्वागत गर्ने बताए। तर, अमेरिकाको तर्फबाट हालसम्म औपचारिक अनुरोध नआएको उनको भनाइ छ।

ट्रम्पले सत्ता सम्हालेलगत्तै युक्रेन युद्ध समाप्त गर्ने बताउँदै आएका छन्। तर, उनले त्यसका लागि ठोस योजना अघि सारेका छैनन्।

ट्रम्पले युक्रेन र रुसका लागि विशेष दूतमा पूर्वउपराष्ट्रपति माइक पेन्सका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा अवकाशप्राप्त लेफ्टिनेन्ट जर्नेल किथ केल्लगलाई नियुक्त गरेका छन्।

केल्लगले युक्रेन शान्तिवार्ताको लागि तयार भए मात्रै उसलाई थप अमेरिकी सहयोग दिनुपर्ने बताउँदै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad