ग्लोबल


अमेरिकामा भीषण हिमआँधीको त्रास

भारी हिमपात हुने र दशकयताकै चिसो हुने मौसमविद्को अनुमान
अमेरिकामा भीषण हिमआँधीको त्रास

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०८१ आइतबार १२:३, काठमाडौँ

अमेरिकामा यस दशककै सबैभन्दा भीषण हिमआँधी आउने आशंकाले प्रशासनले तयारी सुरु गरेको छ।

यस अवधिमा भारी हिमपात हुने र तापक्रम एक दशकयताकै न्यून हुने सम्भावना रहेको त्यहाँको मौसम विभागले जनाएको छ।

नेसनल वेदर सर्भिसका अनुसार यो आँधी अमेरिकाको मध्य भागबाट सुरु भएको हो र आगामी केही दिनमा पूर्वतिर सर्नेछ।

अमेरिकाका मिसिसिपी र फ्लोरिडालगायतका केही भागमा धेरै चिसो नहुने ठाउँमा समेत चिसोको अवस्था भयावह हुने चेतावनी दिइएको छ।

एक्युवेदर फ़ोरकास्टर डेप्याडविनले भने, ‘यसले सन् २०११ पछि संयुक्त राज्य अमेरिकामा सबैभन्दा चिसो जनवरी हुने देखिएको छ।’

अमेरिकी मौसम विभागका अनुसार, ‘आइतबार मध्य अमेरिकामा जनजीवन निकै प्रभावित हुनेछ र ट्राफिक अवस्था पनि बिग्रिनेछ।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad