ग्लोबल


दक्षिण कोरिया विमान दुर्घटना: १७४ जनाको शव पहिचान, ५ मृतक चिनिएन

दक्षिण कोरिया विमान दुर्घटना: १७४ जनाको शव पहिचान, ५ मृतक चिनिएन

विमान दुर्घटनास्थल


नेपालखबर
पुस १६, २०८१ मंगलबार २२:७, सियोल

दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव पहिचान भएको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ।

यातायात मन्त्रालयका अनुसार बाँकी पाँच जनाको शव पहिचान हुन सकेको छैन।

पहिचान भएका चार जनाको शव शोक सन्तप्त परिवारलाई हस्तान्तरण गरिएको र उनीहरुको अन्त्येष्टि सुरु भएको मन्त्रालयले जनाएको छ।

अधिकारीहरूले यसअघि सबै शव परिवारलाई हस्तान्तरण गर्न १० दिन लाग्न सक्ने बताएका थिए।

जेजु एयरको बोइङ ७३७–८०० विमान सियोलबाट २९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad