ग्लोबल


दक्षिण कोरियामा १८१ जना सवार विमान यसरी विस्फोट भयो (भिडिओ)

दक्षिण कोरियामा १८१ जना सवार विमान यसरी विस्फोट भयो (भिडिओ)

विमान दुर्घटनापछि


नेपालखबर
पुस १४, २०८१ आइतबार ७:२६, काठमाडौँ

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटना भएको छ। 

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार अवतरणका क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोकिएको अनुमान गरिएको छ। 

सामाजिक सञ्जालमा दुर्घटनाको भिडिओ भाइरल भइरहेको छ, जसमा विमान विस्फोट भएको देख्न सकिन्छ।

दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने यकिन भएको छैन।

तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सप्रेसले अहिलेसम्म २८ जनाको मृत्यु भएको जनाएको छ। 

योनहेपले फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै उद्धार एजेन्सीले विमानको पछाडिबाट यात्रुहरूलाई बाहिर निकालेको बताएको छ।

हेर्नुहोस् भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad