इटालियन पत्रकार सेसिलिया सालालाई इरानमा पक्राउ गरिएको छ।
इटालीका विदेशमन्त्रीले सिसिलिया सालालाई आठ दिनअघि इरानको राजधानी तेहरानबाट हिरासतमा लिइएको बताए।
इटालियन पत्रिका इल फोग्लियोका अनुसार सेसिलिया सालालाई इभिन जेलमा राखिएको छ। उनलाई लागेको आरोप भने कतै उल्लेख नभएको बीबीसीले जनाएको छ।
यसै महिनाको सुरुमा पत्रकार भिसा पाएर इरान पुगेकी सेसिलिया सालाले 'पितृसत्ताबारे कुराकानी' शीर्षकको पोडकास्ट एपिसोड अपलोड गरेकी थिइन्।
रिपोर्टअनुसार इटालियन कूटनीतिज्ञहरूले उनलाई जेलमा भेटेका छन् र उनको रिहाइ सुनिश्चित गर्न प्रयास गरिरहेका छन्।
156
Shares

प्रतिक्रिया