पश्चिम अफ्रिकाबाट स्पेनका लागि गइरहेको डुंगा मोरक्कोमा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ। मृतकमध्ये २५ जना मालीका नागरिक हुन्।
यो ‘अस्थायी डुंगा’मा करिब ८० जना सवार थिए, जसमध्ये ११ जना मात्रै बाँच्न सफल भएकोमाली अधिकारीहरूले जानकारी दिएका छन्।
दुर्घटनामा बाँचेका ११ जनामध्ये ९ जना मालीका हुन्।
यो डुंगा गत हप्ता डुबेको थियो तर मालीले अहिले पुष्टि गरेको हो। मालीले स्थितिको समीक्षा गर्न आफ्नो संकट एकाइ पठाएको छ।
195
Shares

प्रतिक्रिया