ग्लोबल


देशबाट भागेपछि असदको पहिलो वक्तव्य : सिरिया छाड्ने सोच छँदै थिएन

देशबाट भागेपछि असदको पहिलो वक्तव्य : सिरिया छाड्ने सोच छँदै थिएन

नेपालखबर
पुस १, २०८१ सोमबार १९:३६,

देश छाडेर रुसतर्फ भागेका सिरियाका पूर्वराष्ट्रपति बसर अल असदले पहिलोपटक वक्तव्य जारी गरेका छन्।

आठ दिनअघि उनी सिरियाबाट भागेका थिए।

उनको वक्तव्य सिरियाली राष्ट्रपति कार्यालयको टेलिग्राम च्यानलमा प्रकाशित भएको हो। यद्यपि, सो च्यानल अहिले कसको हातमा छ भन्ने स्पष्ट छैन।

सो वक्तव्यमा असदले आफूले देश छाड्न नचाहेको उल्लेख गरेका छन्। त्यस्तो कुनै योजना नबनाउँदै अपर्झट देश छाड्नुपरेको उनको भनाइ छ।

सिरियाको राजधानी दमास्कस विद्रोहीहरूले कब्जा गरेपछि आफू सरकारको पकड रहेको लताकिया प्रान्तमा अवस्थित रुसी सैन्य अखडामा गएको उनको भनाइ छ। त्यहाँबाट सैन्य कारबाही चलाउने आफ्नो योजना रहेको उनले बताएका छन्।

तर, त्यहाँ पुगेर हेर्दा सिरियाली सैनिकहरूले आफ्नो ठाउँ छोडिसकेको उनको भनाइ छ।

त्यतिबेला रुसी सैन्य अखडामा पनि ड्रोन आक्रमण हुन थालेपछि रुसी अधिकृतहरूले आफूलाई विमान चढाएर रुस पठाउने निर्णय लिएको असदले बताएका छन्।

‘यी घटना घटिरहँदा कुनै पनि विन्दुमा मैले पद छाड्ने वा शरण लिनेबारे सोचेको थिइनँ। न त त्यस्तो प्रस्ताव कसैले ल्याएको नै थियो।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad