ग्लोबल


सिरियामा सत्ता पतन भएकामा बेलायत खुसी

बेलायती प्रधानमन्त्रीले भनेः असदको बहिर्गमन स्वागतयोग्य
सिरियामा सत्ता पतन भएकामा बेलायत खुसी

बेलायतका प्रधानमन्त्री कियर स्टारमर


नेपालखबर
मंसिर २४, २०८१ सोमबार ६:३७, काठमाडौँ

बेलायतका प्रधानमन्त्री कियर स्टारमरले सिरियामा बसर अल–असदको शासन पतनको स्वागत गरेका छन्।

उनले भने, ‘हामी बसर अल असदको क्रूर शासनको पतनलाई स्वागत गर्दछौँ।’ 

योसँगै बेलायतले सिरियामा शान्ति र स्थिरताका लागि अपिल गरेको छ।

बेलायती प्रधानमन्त्री स्टारमरले हालैका दिनमा सिरियामा भएका घटनाक्रम अभूतपूर्व रहेको उल्लेख गर्दै स्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन्। 

उनले भने, ‘असदको क्रूर शासनमा सिरियाली जनताले लामो समयदेखि दुःख भोगेका छन्, र हामी उनको प्रस्थानलाई स्वागत गर्दछौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad