ग्लोबल


जापानमा १२६ वर्षयताकै तातो शरद ऋतु

जापानमा १२६ वर्षयताकै तातो शरद ऋतु

फाइल तस्बिर: जापानको मौसम


नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १९:२३, टोकियो

जापान मौसम एजेन्सीले १२६ वर्ष पहिले रेकर्ड सुरु गरेदेखि सबैभन्दा तातो शरद ऋतु यो वर्षको भएको जनाएको छ।

जापानी मौसम विज्ञान एजेन्सीले सोमबार आफ्नो वेबसाइटमा जापानमा यो वर्ष सामान्यभन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी रहेको तथा यो सन् १८९८ पछिको सबैभन्दा धेरै तापक्रम रहेको उल्लेख गरेको छ।

सेप्टेम्बर र नोभेम्बरको बीचमा, टोकियोमा सामान्य भन्दा २.४ डिग्री सेल्सियस, मध्य शहर नागोयामा २.९ र उत्तरी साप्पोरो सहरमा १.२ डिग्री बढी तापक्रम थियो।

जापानले यस वर्ष चरम गर्मीको रेकर्ड गरेको छ, जुन वैज्ञानिकहरूले जलवायु परिवर्तनको कारणले भएको बताएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad