केन्या सरकारले बिहीबार अदानी समूहसँगका सबै सम्झौता रद्द गरेको घोषणा गरेको छ।
जसमा विद्युत् प्रसारण र विमानस्थल विस्तार जस्ता ठूला आयोजना थिए।
भारतीय उद्योगपति गौतम अदानीसहित ८ जनाविरुद्ध अमेरिकामा अर्बौं रुपैयाँ ठगी गरेको आरोप लागेपछि केन्या सरकारले यस्तो निर्णय गरेको हो।
राष्ट्रपति विलियम रुटोले संसद्मा सम्बोधन गर्दै भने- हाम्रो सरकारले पारदर्शिता र इमान्दारिताको सिद्धान्तमा काम गर्छ र देशको छवि र हित विरुद्ध हुने सम्झौताहरूलाई अनुमोदन गर्दैन।
आफ्नो देशको नीति र मूल्यमान्यता विपरीत हुने कुनै पनि सम्झौता स्वीकार नगर्ने उनले बताए।
केन्याका राष्ट्रपति रुटोले भने- हाम्रो सहयोगी देशबाट प्राप्त जानकारीपछि जेकेआई विमानस्थल विस्तारसँग सम्बन्धित सम्झौता तत्काल खारेज गर्न यातायात मन्त्रालय र ऊर्जा-पेट्रोलियम मन्त्रालयसँग सम्बन्धित निकायलाई निर्देशन दिएको छु।
Shares

प्रतिक्रिया