डोनाल्ड ट्रम्पले डब्ल्यूडब्ल्यूईकी सहसंस्थापक लिन्डा म्याकमोहनलाई शिक्षामन्त्री बनाउने घोषणा गरेका छन्।
लामो समयदेखि ट्रम्पको सहयोगी रहँदै आएकी म्याकमोहनले ट्रम्पको पहिलो कार्यकालमा साना व्यवसाय प्रशासनको नेतृत्व गरेकी थिइन्। उनले ट्रम्पको चुनावी अभियानमा दसौँ लाख डलर चन्दा दिएकी थिइन्।
शिक्षा र व्यवसाय दुवैतर्फको उनको समझदारीलाई अमेरिकी विद्यार्थी र कामदारहरूको नयाँ पुस्ता सशक्तिकरणमा उपयोग गर्ने ट्रम्पले बताएका छन्।
उनीले १९८० मा पतिसँग मिलेर रेसलिङ लिग स्थापना गरेकी थिइन्। २००९ मा सिनेटको चुनाव लड्न उनले त्यसको सीईओबाट राजीनामा दिएकी थिइन्। तर, त्यसमा उनी असफल भइन्।
२००९ देखि २०१० सम्म उनी कनेक्टिकट राज्यको शिक्षा बोर्डमा थिइन्।
उनी ट्रम्प समर्थक थिंक ट्यांक अमेरिका फर्स्ट पोलिसी इन्स्टिच्युटको बोर्ड प्रमुख पनि हुन्।
यसअघि ट्रम्पले सेलेब्रिटी डाक्टर तथा पूर्व टीभी होस्ट मेहमत ओजलाई स्वास्थ्य सेवा प्रमुख बनाउने घोषणा गरेका थिए। एजेन्सी
Shares

प्रतिक्रिया