ग्लोबल


ट्रम्पलाई बधाई दिँदै ओबामाले भने- यो हामीले अपेक्षा गरेको नतिजा होइन

ट्रम्पलाई बधाई दिँदै ओबामाले भने- यो हामीले अपेक्षा गरेको नतिजा होइन

बाराक ओबामा र डोनाल्ड ट्रम्प


नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार ११:१५, काठमाडौँ

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले बधाई दिएका छन्।

ओबामाले दम्पतीले भनेका छन्- चुनावका क्रममा लाखौँ अमेरिकीले एक राष्ट्रपतिलाई मात्र नभई एक नेतालाई पनि मतदान गरेका छन्। नतिजा आइसकेको छ र हामी राष्ट्रपति डोनाल्ड ट्रम्प र सिनेटर जेडी भान्सलाई जितका लागि बधाई दिन्छौँ।

उनीहरूले अगाडि भनेका छन्- स्पष्ट रूपमा यो हामीले अपेक्षा गरेको नतिजा होइन। धेरै विषयमा ट्रम्पसँग हाम्रो गहिरो मतभेद छ। तर लोकतन्त्र भनेको यही हो कि हाम्रो सोच सधैँ सही नहुन सक्छ र सत्ता शान्तिपूर्वक हस्तान्तरणका लागि तयार हुनुपर्छ।

डेमोक्र्याटिक पार्टीका उम्मेदवार कमला ह्यारिसका लागि ओबामा दम्पतीले भनेका छन्- हामी कमला ह्यारिस र उनका पार्टनर टिम वाल्जमा गर्व गर्छौं। ती दुवै असाधारण सार्वजनिक सेवक हुन्, जसले उत्कृष्ट अभियान चलाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad