उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासनविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ। योसँगै आईपीओ निष्कासनको बाटो खुला भएको छ।
वित्तीय विवरणमा जालझेल गरी प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको दाबी गरी हरिबहादुर केसी र खुसल राम धितालले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ मिल्स र एस एआर एसोसिएट चार्टर्ड एकाउन्टेन्ट्स समेतलाई विपक्षी बनाई उच्च अदालतमा रिट दायर गरेका थिए।
बुधबार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइराला र डिल्लीरत्न श्रेष्ठको इजालासले सो रिट खारेज गरिदिएको हो।
यसअघि सार्वजनिक लेखा समितिले पनि ९० रुपैयाँभन्दा तल नेटवर्थ भएको कम्पनीको प्रिमियम मूल्यमा आईपीओ निष्कासन नगर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो भने रिलायन्सको स्पिनिङ मिल्सले सार्वजनिक गरेको वित्तीय विवरणमा छेडखानी गरेको भन्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिएको थियो।
Shares

प्रतिक्रिया