ग्लोबल


युक्रेनमा ‘विजय’ नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा

युक्रेनमा ‘विजय’ नभएसम्म रुसको साथमा रहने उत्तर कोरियाको घोषणा

फाइल तस्बिर: रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका शासक किम जोङ उन भेट गर्दै


रासस/एएफपी
कात्तिक १६, २०८१ शुक्रबार १९:५९, मस्को

युक्रेनमा रुसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषणा गरेका छन्। यसअघि नै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौँ उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ।

अमेरिका र दक्षिण कोरियाले दस हजार उत्तर कोरियाली सैनिक रुसमा प्रशिक्षण लिइरहेको र उनीहरू रुसका पक्षमा  लडाँइमा सहभागी हुने बताइरहेको छ। 

वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी दिएका छन् भने केही सेना कुर्स्क सीमा क्षेत्रमा पुगेको अमेरिकी गुप्तचरले जनाएको छ।

विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने विदेश मन्त्री चो सोन हुईले  रुसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा घोषणा गरेका हुन्। 

उनले उत्तर कोरियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको ‘बुद्धिमानी नेतृत्व’ मा कुनै शंका नभएको र प्योङयाङसँग आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको बताउँदै सम्बन्ध सक्षम बनाएको उल्लेख गरेका छन्। 

उनले उत्तर कोरियाले आणविक हतियारको विकास जारी राख्ने वाचा गरेका छन् भने प्योङयाङले सैन्य सहयोगको बदलामा रुसबाट आणविक प्रविधि चाहेको आशंका गरिएको छ। 

रुसी विदेशमन्त्री लाभ्रोभले दुई देशका ‘सेना र विशेष सेवा’बीचको ‘घनिष्ठ सम्बन्ध’को प्रशंसा गरेका छन् भने युक्रेनमा उत्तर कोरियाको सहयोगका लागि रुस  आभारी’ रहेको बताएका छन्। 

सन् २०२२ फेब्रुअरीमा सुरु भएको रुस युक्रेन आक्रमणले पश्चिमसँगको सम्बन्ध तोडेको छ भने उत्तर कोरिया र इरान रुसको समर्थकका रूपमा देखापरेका छन्। लाभ्रोभले पुटिनको जुलाईको प्योङयाङ भ्रमणले सम्बन्धको ‘नयाँ चरण’ सुरु गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad