ad ad

ग्लोबल


पुटिनको धम्कीपछि लामो दूरीको मिसाइलबारे अमेरिका-बेलायत बैठक, के भयो निर्णय?

पुटिनको धम्कीपछि लामो दूरीको मिसाइलबारे अमेरिका-बेलायत बैठक, के भयो निर्णय?

अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री स्टारमरबीच शुक्रबार अमेरिकामा भएको वार्ता।


नेपालखबर
भदौ २९, २०८१ शनिबार १३:१३, काठमाडौँ

बेलायत र अमेरिकाले युक्रेनलाई रुससम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने विषयमा कुनै निर्णय गर्न सकेनन्।

बेलायती प्रधानमन्त्री केयर स्टारमर र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच शुक्रबार वासिङ्टनमा भेटवार्ता भए पनि यस विषयमा कुनै निर्णय नभएको हो।

बीबीसीका अनुसार बेलायती प्रधानमन्त्री स्टारमरले यसको कुनै संकेत गरेनन्। 

उनलाई सोधिएको थियो– तपाईंले युक्रेनलाई रुसभित्र आक्रमणका लागि लामो दूरीका मिसाइल प्रयोग गर्न अनुमति दिन बाडेनलाई सहमत गराउनुभयो? 

यसमा उनले युक्रेन, मध्यपूर्व र इन्डियन प्यासिफिकका मुद्दा पनि समावेश धेरै विषयमा आफूहरूबीच ‘लामो र सफल वार्ता’ भएको मात्र बताए।

तर, ह्वाइट हाउसले रुसले इरान र उत्तर कोरियाबाट प्राप्त गरेका घातक हतियारबारे गहिरो चिन्ता व्यक्त गरिएको जनाएको छ।

यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूलाई ‘रुसविरुद्ध आक्रमण गर्न युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र दिने गल्ती नगर्न’ चेतावनी दिएका थिए।

यसो भएमा युक्रेन युद्धमा नेटोको ‘प्रत्यक्ष संलग्नता’ मानिने र रुस यसविरुद्ध पनि युद्धमा उत्रन सक्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .