ad ad

ग्लोबल


ट्रम्प र ह्यारिसबीच आज हुँदै छ राष्ट्रपतीय बहस

ट्रम्प र ह्यारिसबीच आज हुँदै छ राष्ट्रपतीय बहस

फाइल तस्बिर : कमला ह्यरिस र डोनाल्ड ट्रम्प


नेपालखबर
भदौ २५, २०८१ मंगलबार १२:५१, काठमाडौँ

अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका उम्मेदवारद्वय कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बहस हुँदै छ।

यो बहस एबीसी न्युजले आयोजना गरेको हो। दुवै उम्मेदवारलाई कर कटौती र विदेश नीतिका विषयमा प्रश्न सोधिने विश्वास गरिएको बीबीसीले जनाएको छ। 

ट्रम्पका सल्लाहकारहरूले उनले नीतिहरूबारे विशेष तयारी गरेको बताएका छन्।

ट्रम्पले यसअघि नै ६ पटक राष्ट्रपतिको बहसमा भाग लिइसकेका छन् भने कमला ह्यारिसको यो पहिलो बहस हो ।

राष्ट्रपति जो बाइडेनले  राष्ट्रपति चुनावको दौडबाट ढिला पछि हटेको कारण ह्यारिसले विश्व-स्तरीय प्रदर्शनका लागि तयारी गर्न पर्याप्त समय पाइनन्।

तर पनि उनले दर्शकको मन जित्न ह्यारिसले विशेष तयारी गरेको उनका सल्लाहकारले बताएका छन्। 

कमलाले हालैको सीएनएन अन्तर्वार्तामा खासै प्रभाव पार्न नसक्दा उनको टोली अलिकति आत्तिएको छ।

अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .