ad ad

ग्लोबल


बंगलादेशमा दुर्गा पूजाका बेला मन्दिरको सुरक्षा गर्ने घोषणा

बंगलादेशमा दुर्गा पूजाका बेला मन्दिरको सुरक्षा गर्ने घोषणा

नेपालखबर
भदौ २३, २०८१ आइतबार ११:५, काठमाडौँ

बंगलादेशका धार्मिक मामिलासम्बन्धी सल्लाहकार एएफएम खालिद हुसैनले बंगलादेशको राष्ट्रिय गान परिवर्तन गर्ने कुनै योजना नभएको बताएका छन्। 

समाचार एजेन्सी पीटीआईका अनुसार शनिबार हुसैनले अन्तरिम सरकारले विवाद सिर्जना गर्ने कुनै पनि काम नगर्ने बताएका हुन्। 

यसअघि बंगलादेशको जमात–ए–इस्लामीका पूर्वअमिर गुलाम आजमका छोरा अब्दुल्लाहिल अमान आजमीले राष्ट्रिय गान र संविधानमा परिवर्तनका लागि अपिल गरेका थिए।

बंगलादेशी न्युज च्यानल ढाका ट्रिब्युनका अनुसार खालिद हुसैनले प्रार्थनास्थलमा आक्रमण गर्नेहरू मानवताका शत्रु भएको बताए। उनले भने- ती अपराधी हुन् र कानुनबमोजिम कारबाही हुनेछ।

खालिद हुसैनले दुर्गा पूजाको समयमा कुनै पनि प्रकारको तोडफोड वा आक्रमण हुन नदिन मदरसाका विद्यार्थीसँगै स्थानीयले मन्दिरको सुरक्षा गर्ने घोषणा गरेका छन्।

उनले भने- मदरसाका विद्यार्थीहरू कुनै पनि प्रकारका 'आतंकवाद'मा संलग्न हुँदैनन्। यो उनीहरूविरुद्ध अघिल्लो सरकारले फैलाएको षड्यन्त्र हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .