ad ad

ग्लोबल


उडिरहेको विमानमा रोएको भन्दै बच्चालाई शौचालयमा थुनिदिएपछि...

उडिरहेको विमानमा रोएको भन्दै बच्चालाई शौचालयमा थुनिदिएपछि...

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १५:३४,

चीनमा दुई महिलाले रुँदै गरेकी बालिकालाई विमानको शौचालयमा थुनेपछि विवाद भएको छ।

ती दुईमध्ये एक महिला काउ तिङतिङले बालिकालाई बोकेर शौचालयतर्फ लैजाँदै गरेको भिडिओ अनलाइन पोस्ट गरेकी थिइन्। उनले विमानमा रहेका अन्य यात्रुलाई राहत दिन त्यसो गरेको बताएकी थिइन्।

तर, इन्टरनेट प्रयोगकर्ताले उनको चर्को आलोचना गरेका छन्। 

एयरलाइनले पछि स्पष्टीकरण दिँदै ती दुई अपरिचित महिलालाई बालिकाकी हजुरआमाले ‘पाठ सिकाउने’ अनुमति दिएको बताएको छ।

यो घटना २४ अगस्टका दिन चुनयायो एयरलाइन्सको कुइयाङ–सांघाई उडानमा भएको थियो। 

हजुरआमासँग यात्रा गरिरहेकी बालिका उडानका क्रममा रुन थालेकी थिइन्। त्यसपछि हजुरआमाले ती महिलालाई बच्चीलाई शौचालय लगेर थुन्ने अनुमति दिएकी थिइन्।

भिडिओमा रुन बन्द गरेपछि मात्रै शौचालयबाट बाहिर निकाल्ने भन्दै एक महिलाले बालिकालाई चेतावनी दिइरहेको सुन्न सकिन्छ।

बालिकालाई दुर्व्यवहार गरेको भन्दै चर्को आलोचना भएपछि ती महिलाले आफ्नो दउयिन (टिकटक) अकाउन्ट प्राइभेट गरेकी छन्।

यसले चीनमा सार्वजनिक स्थानमा बालबालिकालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा बहस सुरु गरेको छ। चीनमा कतिपय रेलमा बालबालिकाका लागि अलग डिब्बाको व्यवस्था छ।

दक्षिण कोरियामा कयौँ रेस्टुरेन्ट, म्युजियम र थिएटरहरुमा बालबालिका लैजान पाइँदैन। तर, त्यस्तो व्यवस्थाको विरोध पनि हुँदै आएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .