युक्रेनको रुसको तेस्रो कुर्स्क क्षेत्रमा तेस्रो पुल ध्वस्त पारेको छ। रुसभित्र आफ्नो पकड बलियो बनाउने प्रयासस्वरुप युक्रेनी सेनाले सेइम नदीको पुल उडाएको हो।
आइतबार युक्रेनी सेनाले सो क्षेत्रमा दोस्रो पुल उडाएको थियो।
अचानक कुर्स्कमा घुसपैठ गरी हमला गरेको युक्रेनी फौजले दुई सातादेखि सो क्षेत्रमा विभिन्न दिशातर्फ आक्रमण गरिरहेको छ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले कुर्स्कलाई ‘बफर जोन’ बनाउने लक्ष्य राखिएको बताएका छन्।
‘हाम्रो रक्षात्मक कारबाहीको प्राथमिक काम भनेको सम्भव भएसम्म रुसी युद्ध क्षमता नाश गर्नु हो र अधिकतम प्रत्याक्रमण गर्नु हो,’ जेलेन्स्कीले आइतबार भने, ‘जसमा आक्रमणकारीको भूमिमै बफर जोन सिर्जना गर्नु पनि हाम्रो लक्ष्य हो।’
युक्रेनले कुर्स्कमा एक हजार वर्गकिमि भूमि नियन्त्रणमा लिएको दाबी गरेको छ। जहाँ आफ्नो पकड अझ बलियो हुँदै गएको युक्रेनले बताएको छ। एजेन्सी
Shares
प्रतिक्रिया