ग्लोबल


गाजामा इजरायली हमलामा एकै परिवारका १५ सदस्यको मृत्यु

गाजामा इजरायली हमलामा एकै परिवारका १५ सदस्यको मृत्यु

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०८१ आइतबार १०:२४, गाजापट्टी, प्यालेस्टिनी क्षेत्र

गाजाको नागरिक सुरक्षा विभागले इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टिनी परिवारका १५  सदस्यको मृत्यु भएको बताएको छ।

मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले शनिबार बिहान बताए। 

इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन । 

‘अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ’, बस्सलले भने। 

उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा अहमद अबु अल–घौलले भने,‘तीनवटा रकेट सिधै घरमा खसेको थियो। भित्र बालबालिका र महिलाहरू थिए। उनीहरुको के दोष थियो?’

इजरायल र हमासबीच १०  महिनाभन्दा बढी सयमदेखि चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेष बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad