ad ad

ग्लोबल


युक्रेनविरुद्ध रुसको नयाँ अभियान

युक्रेनविरुद्ध रुसको नयाँ अभियान

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन


रासस/एएफपी
साउन २७, २०८१ आइतबार ६:२१, मस्को

रुसले युक्रेनसँग जोडिएका तीनवटा सीमा क्षेत्रमा साढे दुई वर्षको द्वन्द्वमा किएभको सबैभन्दा ठूलो सीमापार आक्रमण गर्न लागेको भन्दै यसबाट हुने क्षति रोक्न शनिबार नयाँ अभियान सुरु गरेको छ।

स्वतन्त्र विश्लेषकहरुका अनुसार युक्रेनी सेनाले मङ्गलबार बिहान रुसको पश्चिमी कुस्र्क क्षेत्रमा आक्रमण गरेको थियो।

उक्त रूसले ट्याङ्क, रकेट लन्चर र एभिएसन युनिटलगायत थप सैनिक र उपकरणहरू तैनाथ गरेको छ भने उक्त क्षेत्रमा सम्भावित आक्रमणबाट नागरिकहरूको हताहत हुनसक्ने भन्दै झण्डै ७५ हजार व्यक्तिलाई अन्य सुरक्षितस्थलमा सारिएको छ। 

नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न र शत्रुका विध्वंसकारी समूहहरूद्वारा गरिएका आतङ्कवादी कार्यहरूको खतरालाई रोक्न भन्दै रुसको राष्ट्रिय आतङ्कवाद विरोधी समितिले शुक्रबार अबेर बेल्गोरोड, ब्रायन्स्क र कुस्र्क क्षेत्रमा ‘आतङ्कवाद विरोधी अभियान’ सुरु गर्न लागेको जनाएको छ।

रुसी कानुनअनुसार सुरक्षा बल र सेनालाई ‘प्रतिआतङ्कवाद’ अभियानका क्रममा आपतकालीन अधिकार दिइएको छ।

यस आपतकालीन अधिकारको प्रावधान अनुसार आवागमनमा प्रतिबन्ध लगाउन सकिने र  फोन कलहरू निगरानी गर्न सकिने बताइएको छ।

अभियानअन्तर्गत आक्रमण हुनसक्ने क्षेत्रहरूलाई प्रवेश निषेध क्षेत्र (नो–गो जोन) घोषणा गरी सुरक्षा जाँच केन्द्रहरू सञ्चालन गरिएको छ र प्रमुख पूर्वाधारस्थलहरूमा सुरक्षा कडा पारिएको छ।

आतङ्कवाद विरोधी समितिले युक्रेनले ‘रूसका धेरै क्षेत्रहरूमा स्थितिलाई अस्थिर पार्ने अभूतपूर्व प्रयास’ गरेको बताएको छ।

रुसले युक्रेनको आक्रमणलाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिँदै किएभका सेनाले सर्वसाधारणलाई घाइते बनाएको र आवासीय भवनहरू ध्वस्त पारेको बताएको छ।

युक्रेनी नेताहरू यस अभियानको बारेमा मौन छन् र किएभको सबैभन्दा नजिकको सहयोगी संयुक्त राज्य अमेरिकाले योजनाबारे पूर्वजानकारी नदिएको बताएको छ।

तर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै हप्ताको सुरुमा रूसले युक्रेनविरुद्ध सन् २०२२ को फेब्रुअरीदेखि सुरु गरेको आक्रमणको परिणाम ‘महसुस’ गर्नुपर्ने बताएका थिए। 

रुसको रक्षा मन्त्रालयले शनिबार कुस्र्क क्षेत्रमा रहेको युक्रेनी चौकीमा ट्यांक चालक दलले गोली चलाएको र रातभर हवाई आक्रमण गरेको फुटेज सार्वजनिक गरेको छ।

रुसले उक्त क्षेत्रमा युक्रेनी सेनाले रातिको समयमा आक्रमण गर्ने प्रयासमा प्रयोग भएका २६ वटा ड्रोन खसालेको पनि जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .