इजरायली सेनाले हमासका सैन्य प्रमुख मोहम्मद डेफ गाजामा जुलाई १३ मा भएको हवाई हमलामै मारिएको जनाएको छ।
इजरायली सेनाले त्यसबेला हमासका अर्का कमान्डर राफा सलेमेह पनि मारिएको बताएको थियो। तर, त्यसबेला उसले डेफको मृत्युको भने पुष्टि गरेको थिएन।
यसअघि बुधबार मात्र हमासले आफ्ना शीर्ष नेता इस्माइल हानिया इरानमा भएको आक्रमणमा मारिएको जानकारी दिएको थियो।
हानिया कतारमा बसेका थिए र लामो समयदेखि गाजा गएका थएनन्।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सहभागी हुन मंगलबार इरानको तेहरान गएका बेला हानियाको हत्या भएको हमासले जनाएको छ।
129
Shares
प्रतिक्रिया