ad ad

ग्लोबल


अदालतद्वारा इमरान खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज

अदालतद्वारा इमरान खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज

फाइल तस्बिर : इमरान खान


रासस/एएफपी
असार १४, २०८१ शुक्रबार ६:३९, इस्लामाबाद

इस्लामाबादको एक अदालतले बिहीबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रमतीको विवाहलाई इस्लामिक कानुनअन्तर्गत अवैध ठहर गरी दिइएको कारागारको सजाय निलम्बन गर्ने निवेदनलाई खारेज गरेको छ।

सन् २०२२ अप्रिलमा अपदस्थ भएपछि खान दुई सयभन्दा धेरै कानुनी मुद्दामा फसेका छन्। उनले यसलाई आफूलाई सत्ताबाट बाहिर राख्ने अभियान भनेका थिए। 

एकहत्तर वर्षीय खान र उनकी श्रीमती बुशरा बिबी दुवैलाई इस्लामिक कानुनअनुसार बिबीको सम्बन्धविच्छेद भएलगत्तै विवाह भएको कसुरमा फेब्रुअरीमा सात वर्षको कारागार सजाय सुनाइएको थियो। 

इस्लामाबाद जिल्ला अदालतमा रहेका एएफपीका पत्रकारहरूका अनुसार एक न्यायाधीशले उनीहरूको सजाय निलम्बन गर्ने निवेदनलाई स्थगन गर्नुभयो र जुलाई १२ मा फैसला सुनाउने बताए। 

सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्रीका रूपमा काम गरेका खानलाई गत वर्ष अगस्टमा हिरासतमा राखिएको थियो र पदमा उम्मेदवार हुनबाट वञ्चित गरिएको थियो। 

यद्यपि पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार र उनकी श्रीमतीलाई अप्रिलमा पाकिस्तान उच्च अदालतले भ्रष्टाचार कसुरमा १४ वर्षको कारागार सजायलाई निलम्बन गरेको थियो। 

खानलाई देशद्रोहको आरोपमा दिइएको १० वर्षको सजाय यसै महिना उल्टिएको थियो तर उनी अवैध विवाहको कसुरमा राजधानी इस्लामाबादको दक्षिणी भागमा रहेको आदियाला कारागारमा छन्। 

पाकिस्तानको फेब्रुअरी ८ को निर्वाचनका बेला तीन वटा सजाय भोग्नुअघि उनलाई रिहा गर्न अनुमति दिइएको थियो। 

प्रधानमन्त्री शहबाज शरिफका सल्लाहकार राणा सनाउल्लाहले यसै साता भने, ‘सरकारले उहाँलाई यथासम्भव लामो समयसम्म बन्दी राख्ने प्रयास गर्नेछ।’

विश्लेषकहरूका अनुसार दशकौँसम्म प्रत्यक्ष शासन गरेको र अहिले पनि अपार शक्तिको प्रयोग गरेको पाकिस्तानको सेना सम्भवतः यो मामिलाको पछाडि छ। 

कुनै बेला आफूलाई समर्थन गर्ने शीर्ष जनरलहरूसँगको अनबनपछि खानलाई संसदीय अविश्वासको मतले प्रधानमन्त्रीबाट बर्खास्त गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .