ad ad

ग्लोबल


चुनावी चोट बोकेर इटली पुगेका मोदीलाई राहत, जी ७ मा पाए ‘सेन्टर स्टेज’

चुनावी चोट बोकेर इटली पुगेका मोदीलाई राहत, जी ७ मा पाए ‘सेन्टर स्टेज’

नेपालखबर
असार १, २०८१ शनिबार १६:४३,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चुनावले दिएको आलो चोट बोकेर ग्रुप अफ सेभेनको शिखर बैठकमा सहभागी हुन इटली पुगेका थिए। त्यसमाथि अमेरिकी र क्यानडेली नागरिकलाई उनीहरुकै भूमिमा हत्या गराउन भारत सरकार संलग्न रहेको आरोप लागेपछि पश्चिमा मुलुकसँग उनको सम्बन्ध कठिन विन्दुमा पुगेको थियो।

तर, शिखर बैठककी आयोजक इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले मोदीलाई खास महत्व दिइन्। शुक्रबारका कार्यक्रमहरुमा मोदीले  प्रमुख स्थान ओगटे। मोदीले त्यसको फाइदा पनि राम्ररी उठाएका छन्।

मोदीले ती दुई देशका नेतासँग भेट गरे, जसको सरकारले हत्याको षड्यन्त्र रचेको आरोप भारतमाथि लगाएका थिए।

सामूहिक फोटो खिचाउँदा पनि मोदी बीचमा देखिए। यही बेला पनि छोटो कुराकानी गर्न अमेरिकी राष्ट्रपति बाइडेनसम्म पुग्ने मौका उनले पाए। 

उनले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग पनि बात मार्दै गरेको तस्बिर पोस्ट गरेका छन्। 

क्यानडाले आफ्नै भूमिमा भारतले एक सिख नेताको हत्या गराउन भारतको हात रहेको आरोप लगाएको थियो। जसका चार आरोपितलाई क्यानडाले पक्रेको छ।

अर्कोतिर, अर्का एक सिख अगुवालाई मार्ने असफल प्रयत्न भारतले गरेको बताएको थियो।

भारतले त्यसलाई अस्वीकार गरेको थियो।

तर, जी ७ को बैठकमा मोदीले पाएको निमन्त्रणाले विश्वमञ्चमा भारतको आगामी भूमिका महत्वपूर्ण हुने संकेत गर्दछ। 

उसो त यतिबेला सामाजिक सञ्जालमा इटलीकी प्रधानमन्त्री मेलोनीको एउटा पोस्ट अत्यधिक चर्चामा छ। जसमा उनले मोदीसँगको छोटो भिडिओ सेयर गर्दै लेखेकी छन्, ‘हाइ फ्रेन्ड्स, फ्रम टिम ह्यासट्याग मेलोडी’। 

केही घण्टामै एक्समा उनको यो पोस्ट ५२ हजार पटक रिपोस्ट भएको छ भने एक करोडभन्दा बढीले हेरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .