ad ad

ग्लोबल


मोदीका २ रोजाइ : राष्ट्रिय सुरक्षा सल्लाहकारमा डोभल र प्रमुख सचिवमा मिश्र तेस्रोपटक नियुक्त

डोभलको हैसियत क्याबिनेट मन्त्रीसरह
मोदीका २ रोजाइ : राष्ट्रिय सुरक्षा सल्लाहकारमा डोभल र प्रमुख सचिवमा मिश्र तेस्रोपटक नियुक्त

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार २०:५, काठमाडौँ

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रोपटक नियुक्त भएसँगै उनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा अजित डोभललाई नै निरन्तरता दिएका छन्।

मन्त्रिपरिषद्को मन्त्रिपरिषद्को नियुक्ति समितिले बिहीबार डोभललाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा तेस्रोपटक नियुक्त गर्ने निर्णय लिएको हो। यस पदमा डोभलको पनि तेस्रो नियुक्ति हो। साथै, डोभलको हैसियत क्याबिनेट मन्त्रीसरह हुने र उनको नियुक्ति गत सोमबारबाट लागू हुने नियुक्तिपत्रमा उल्लेख छ।

यस्तै प्रधानमन्त्री मोदीको प्रमुख सचिवमा पनि डा पीके मिश्र पुन: नियुक्त भएका छन्।

डोभल र मिश्रको पुनः नियुक्तिले भारतमा दुई सेवानिवृत्त नोकरशाहहरू प्रधानमन्त्रीका सबैभन्दा लामो समय सेवा गर्ने प्रमुख सल्लाहकार बनेका छन्।

मिश्रले प्रधानमन्त्री कार्यालयमा प्रशासनिक मामिला र नियुक्तिहरूका विषय सम्हाल्नेछन् भने डोभलले राष्ट्रिय सुरक्षा, सैन्य र गुप्तचर मामिला हेर्नेछन्।

सन् १९६८ को ब्याचका आईपीएस (भारतीय लोक सेवा) अधिकारी डोभाल प्रधानमन्त्रीका खास रणनीतिकार र परिचालक मानिन्छन्। उनी एक प्रतिआतंकवाद विशेषज्ञ र आणविक मुद्दाहरूका जानकार पनि हुन्।

उनले लामो समय भारतीय गुप्तचर संस्था इन्टेलिजेन्स ब्युरो (आईबी) मा सेवा गरेका छन्। उनले पञ्जाबमा आईबीको अपरेसनल प्रमुखको रूपमा र कश्मीरमा अतिरिक्त निर्देशकको रूपमा काम गरिसकेका छन्।

भारतका निकै संवेदनशील मानिने सामरिक मामिला उनले सम्हालिसकेका छन्। उनले लन्डनमा सेवा गर्दा खालिस्तानी अतिवाद र इस्लामाबादमा सेवा गर्दा पाकिस्तानी जिहादबारे गुप्तचरी गरेका थिए।

राष्ट्रिय सुरक्षा सल्लाहकार भइसकेपछि डोभलले सन् २०१७ मा डोक्लाम पठार र २०२० मा पूर्वी लद्दाखमा चीनसँगको द्वन्द्व सामना गर्न प्रधानमन्त्री मोदीको फोकल पर्सन भएर काम गरेका थिए। उनी चीनसँगको सीमा समस्या समाधान गर्नका लागि भारतको विशेष प्रतिनिधि पनि हुन्। 

मिश्र १९७२ को ब्याजका सेवानिवृत्त अधिकारी हुन्, जो भारत सरकारको कृषि सचिवसम्म भएका थिए। त्यसपछि विगत एक दशकदेखि उनी प्रधानमन्त्री मोदीसँगै छन्।

हेर्नुहोस् अजित डोभलको नियुक्तिपत्र-

अजित डोभलको नियुक्तिपत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .