नोबेल शान्ति पुरस्कार विजेता बंगलादेशका मोहम्मद युनुसलाई भ्रष्टाचार मुद्दा लागेको छ।
बीबीसीका अनुसार मोहम्मद युनुससहित १३ जनाविरुद्ध बंगलादेशको एक अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
युनुसले सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २ करोड डलर घोटाला गरेको अभियोग छ।
अभियोजकहरूले मोहम्मद युनुसले ग्रामीण फोन कम्पनीका कर्मचारीहरूको कल्याणकारी कोषमा घोटाला गरेको दाबी गरेका छन्।
तर युनुसले अभियोग अस्वीकार गर्दै अभियोजकहरूले आफू र आफ्ना सहकर्मीलाई उत्पीडन गरिरहेको जिकिर गरेका छन्।
मोहम्मद युनुसलाई सन् २००६ मा बंगलादेशका हजारौँ मानिसलाई सानो ऋण दिएर गरिबीबाट बाहिर ल्याएको भनी नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
उनीविरुद्धको भ्रष्टाचार मुद्दाको परीक्षण अर्को महिना सुरु हुनेछ।
साना ऋण दिएर क्रान्ति ल्याएका मोहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनाले आफूलाई दर्जनौँ झुटा मुद्दा दायर गरेको आरोप लगाएका छन्।
बंगलादेशी सरकारले भने उनको आरोप अस्वीकार गरेको छ।
Shares
प्रतिक्रिया