ad ad

ग्लोबल


एस जयशंकर फेरि भारतको विदेशमन्त्री बन्ने

एस जयशंकर फेरि भारतको विदेशमन्त्री बन्ने

नेपालखबर
जेठ २७, २०८१ आइतबार १३:२९, काठमाडौँ

भारतका निवर्तमान विदेशमन्त्री एस जयशंकर फेरि विदेशमन्त्री बन्ने भएका छन्। भारतीय अखबार इन्डियन एक्सप्रेसका अनुसार नरेन्द्र मोदीले उनलाई दोस्रो कार्यकालका लागि विदेश मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका हुन्। भारतीय विदेश मन्त्रालको पूर्वसचिव समेत रहेका जयशंकर मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री बनेका थिए।

तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि मोदीले आफ्ना विश्वासपात्र जयशंकरलाई पुरानै जिम्मेवारीमा दोहोर्याउने भएका हुन। संविधान निर्माणताका जयशंकर मोदीको विशेषदूतका रुपमा नेपाल आएका थिए। संविधान निर्माण जस्तो आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको भन्दै उनको नेपालमा आलोचना भएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .