ad ad

ग्लोबल


मोदीले यसरी मिलाउँदै छन् सत्ता गठबन्धनमा भागबन्डा

शक्तिशाली मन्त्रालय भने आफैंले राख्ने
मोदीले यसरी मिलाउँदै छन् सत्ता गठबन्धनमा भागबन्डा

नेपालखबर
जेठ २७, २०८१ आइतबार ११:३७, काठमाडौँ

आफ्नै पार्टीको एकल बहुमतको तागतमा यसअघि दुई कार्यकाल सरकारको नेतृत्व गरेका नरेन्द्र मोदीले आज तेस्रो कार्यकालको सपथ लिँदै छन्। मोदीले भारतीय समय अनुसार साँझ सवा सात बजे राष्ट्रपछि भवनमा छिमेकी देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसहितको उपस्थितिमा तेस्रो कार्यकालको सपथ लिने छन्। 

यसअघि शक्तिशाली सरकार चलाएका मोदी यसपाली भने आफ्नो पार्टी बहुमत ल्याउन चुक्दा गठबन्धनका सहयोगी दलको टेकोमा सरकार चलाउनुपर्ने बाध्यतामा छन्। उनका सहयोगी हुन्, नेसनल डेमोक्र्याटिक एलाइन्स (एनडीए)का दलहरु। बहुमतको सरकारका लागि ३२ सिट अपुग भएकाले मोदीले चन्द्रबाहु नायडू नेतृत्वको तेलगु देशम पार्टी (१६), नितिश कुमार नेतृत्वको जनता दल यूनाइटेड (१२), पवन कल्यान नेतृत्वको जन सेना(२) र चिराग पासवान नेतृत्वको लोक जनशक्ति पार्टी (५) को सहयोगमा गठबन्धन सरकार चलाउँदै छन्। 

सपथअघि नै मोदीले करिब ४० सदस्यीय मन्त्रीमण्डका सदस्यको नाम टुंगो लगाउने तयारीमा रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। आफ्ना सहयोगी दलका लागि दिने मन्त्रालयको टुंगो समेत मोदीले करिब–करिब लगाएका छन्। स्रोतका अनुसार तेलगु देशम पार्टी (टीडीपी)ले २ मन्त्रालय पाउने छ। उक्त दलबाट किनजारापु राम मोहन नायडू मन्त्री र चन्द्रशेखर पेमासनी राज्यमन्त्री बन्ने तयारी गरिरहेका छन्। गठबन्धनको दोस्रो ठूलो दल जेडीयूले तीन मन्त्रालय पाउने सम्भावना छ। त्यस्तै जनसेना पार्टी र लोक जनशक्ति पार्टीले एक/एक मन्त्रालय पाउने छन्।

करिब ७ मन्त्रालय सहयोगी दललाई दिँदा शक्तिशाली मन्त्रालय भने मोदी आफैंले लिने छन्। सत्ताको नेतृत्व गरेको दल भारतीय जनता पार्टीले गृह, अर्थ, रक्षा, परराष्ट्र, शिक्षा, संस्कृति लगायतका मन्त्रालय लिने छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .