भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई अवहेलना सम्बन्धी एक मुद्दामा जमानत प्राप्त भएको छ।
बैंगलुरुको एक अदालतले उनलाई जमानत दिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। विधानसभा चुनावअघि अखबारमा दिएको एक विज्ञापनलाई लिएर कर्नाटकस्थित भारतीय जनता पार्टीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
कांग्रेसले अखबारलाई दिएको उक्त विज्ञापनमा भाजपालाई भ्रष्ट भनिएको थियो। यसअघि यही मुद्दामा कांग्रेस कर्नाटकका प्रमुख डिके शिवकुमार र मुख्यमन्त्री सिद्दारमैयाले पनि अदालतबाट जमानत प्राप्त गरेका थिए।
भाजपाले अदालतमा दायर गरेको मुद्दामा मुख्यमन्त्री नियुक्त गर्न २५ सय करोड र मन्त्री नियुक्त गर्न ५ सय करोड भारु लिएको आरोप कांग्रेसले लगाएको उल्लेख थियो।
237
Shares
प्रतिक्रिया