ad ad

ग्लोबल


इजरायली सेना रफाहमा प्रवेश गर्‍यो, गोलाबारी र विस्फोट जारी

हमास भन्छ : २१ जना मारिसके
इजरायली सेना रफाहमा प्रवेश गर्‍यो, गोलाबारी र विस्फोट जारी

नेपालखबर
जेठ १५, २०८१ मंगलबार २२:५०, काठमाडौँ

इजरायली सेना गाजाको दक्षिणी क्षेत्रमा अवस्थित रफाहमा प्रवेश गरेपछि प्यालेस्टाइनी विस्थापितको एक राहत शिविरमा भएको आक्रमणमा ठूलो संख्यामा मानिस हताहत भएका छन्।

बीबीसीका अनुसार सहरमा गोलाबारी र विस्फोट जारी छ।

समाचार एजेन्सी रोयटर्स र एएफपीले प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै यस विस्फोटमा २१ जनाको मृत्यु भएको बताएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आक्रमणमा ६४ जना घाइते भएको जनाएको छ।

समाचार एजेन्सी वाफाको रिपोर्टअनुसार प्यालेस्टाइनी प्राधिकरणका प्रवक्ता नाबिल अबु रुदिनेहले रफाहमा आजको आक्रमणलाई ‘नरसंहार’ भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .