ग्लोबल


अमेरिकाले ‘प्याट्रियट’ क्षेप्यास्त्र तत्काल युक्रेन पठाउने

अमेरिकाले ‘प्याट्रियट’ क्षेप्यास्त्र तत्काल युक्रेन पठाउने

नेपालखबर
बैशाख १५, २०८१ शनिबार १५:२६,

नयाँ सैन्य सहयोग प्याकेज अन्तर्गत ‘प्याट्रियट’ क्षेप्यास्त्र प्रणाली तत्काल युक्रेन पठाइने अमेरिकी रक्षा मन्त्रालयले बताएको छ। 

यद्यपि, क्षेप्यास्त्र प्रतिरोध प्रणाली मात्र पठाइने, आक्रमण गर्न मिल्ने क्षेप्यास्त्र प्रणाली भने नपठाइने अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले स्पष्ट पारे।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले प्याट्रियट अत्यावश्यक रहेको भन्दै अमेरिकालाई पठाइदिन अनुरोध गर्दै आएका थिए।

अस्टिनले तत्काल हतियार आपूर्ति गरिने जानकारी दिए। अमेरिकाले अहिलेलाई ६ अर्ब डलरको सहयोग गर्न लागेको हो। यो युक्रेनलाई दिन भनेर पारित भएको ६१ अर्ब डलरअन्तर्गतको सहयोग हो।

जसमा हवाई प्रतिरक्षा प्रणाली, ड्रोन प्रतिरोधी प्रणाली र तोपका गोला सामेल छन्। 

रुसले पछिल्लो समय आक्रमण तेज पार्दै लगेको युक्रेनको भनाइ छ। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .