ad ad

ग्लोबल


६० जनाको ज्यान जानेगरी रुसी कन्सर्ट हलमा कसले गर्‍यो आक्रमण?

६० जनाको ज्यान जानेगरी रुसी कन्सर्ट हलमा कसले गर्‍यो आक्रमण?

घटनास्थल


नेपालखबर
चैत १०, २०८० शनिबार १४:२, काठमाडौँ

रुसको मस्कोस्थित एउटा कन्सर्ट हलमा बन्दुकधारीहरूले अन्धाधुन्द गोली चलाउँदा ६० जनाको मृत्यु र सय जनाभन्दा बढी घाइते भएको रुसी अनुसन्धान समितिले जनाएको छ। मृत्यु हुनेमा बालबालिका पनि छन्।

बीबीसीका अनुसार रुसी विदेशमन्त्रीले यसलाई आतंकवादी हमला भनेका छन्। युक्रेनले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

बीबीसी रुसी सेवाका सम्पादक स्टिभ रोजेनबर्गले पछिल्लो दुई दशकमा रुसमा भएको यो सबैभन्दा ठूलो हमला भएको बताएका छन्।

रुसी अधिकारीहरूले आक्रमणकारीहरू को थिए र तिनीहरू कहाँबाट आएका थिए भन्ने बारेमा धेरै जानकारी नभएको बताएका छन्। आक्रमणकारीहरू फरार रहेको र उनीहरूको खोजीमा प्रहरी जुटेको उनीहरूको भनाइ छ। 

यसैबीच चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) को एक समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।

आक्रमण गर्ने बन्दुकधारीहरू यहाँबाट भागेको आइएसले जनाएको छ।

अमेरिकाले इस्लामिक स्टेटको यो दाबीलाई विश्वास नगर्नपर्ने कुनै कारण नरहेको बताएको छ। 

ह्वाइट हाउसले उसले रुसी अधिकारीहरूलाई मार्चको सुरुमा मस्कोमा 'ठूलो भीड'मा आक्रमण हुनसक्ने जानकारी दिएको बताएको छ। 

रुसले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .