ad ad

ग्लोबल


अफगानिस्तानमा तलब लिन लाइनमा उभिएका बेला बैंकमा आत्मघाती विस्फोट

अफगानिस्तानमा तलब लिन लाइनमा उभिएका बेला बैंकमा आत्मघाती विस्फोट

कान्दाहार तालिवानको शक्तिको केन्द्र मानिन्छ।


नेपालखबर
चैत ८, २०८० बिहिबार १९:४२, काठमाडौँ

अफगानिस्तानको दक्षिणी भागमा पर्ने कान्दाहारमा भएको आत्मघाती आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार स्थानीय अस्पतालमा उपस्थित एक चिकित्सकले उक्त जानकारी दिएका हुन्।

तालिबान सरकारले भने मृत्यु हुनेको संख्या तीन मात्रै भएको दाबी गरेको छ। बाँकी घाइते भएको प्रहरीले जनाएको छ।

स्थानीय समयानुसार बिहान ८ बजे कान्दाहारको एक बैंकमा यो आत्मघाती हमला भएको तालिबानले जनाएको छ।

हालसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन। यो अफगानिस्तानमा यस वर्षको सबैभन्दा ठूलो आक्रमण मानिएको छ।

अफगानिस्तानका सरकारी कर्मचारी तलब लिन लाइनमा उभिएका बैंकको शाखामा विस्फोट भएको हो।

मृत्यु भएकाबाहेक ५० जना घाइतेलाई नजिकैको मिरवाइज अस्पतालमा लगिएको छ। यो अस्पताल यस क्षेत्रमा सबैभन्दा ठूलो हो।

कान्दाहार तालिवानको केन्द्र मानिन्छ। यो तालिवानका धेरै सर्वोच्च कमान्डरहरूको लुक्ने ठाउँ हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .