ग्लोबल


ह्विलचेयर नदिएपछि ८० वर्षीय वृद्धको मृत्यु, एयर इन्डियालाई ३० लाख जरिवाना

ह्विलचेयर नदिएपछि ८० वर्षीय वृद्धको मृत्यु, एयर इन्डियालाई ३० लाख जरिवाना

नेपालखबर
फागुन १७, २०८० बिहिबार १९:१३, काठमाडौँ

एकजना ८० वर्षीय वृद्धको मुम्बईस्थित छत्रपति शिवाजी महाराज इन्टरनेशनल एयरपोर्टको टर्मिनलमा मृत्यु भएपछि एयर इन्डियालाई जरिवाना तिराइएको छ। 

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) ले यस मामिलामा बिहीबार एअर इन्डियालाई ३० लाख रुपैयाँ जरिवाना तिराएको हो। 

समाचार अनुसार ती वृद्धले टर्मिनलमा जाने क्रममा ह्विल चेयर मागेका थिए। तर एअर इन्डियाले दिएन। पैदल हिँडेर जाने क्रममा उनलाई हृदयघात भएर ज्यान गयो।

यसबारेको जानकारी एयरलाइन्सले १६ फेब्रुअरीमा दिएको थियो। डीजीसीएले एयर इन्डियालाई एउटा चेतावनी पत्र पनि पठाएको छ।

यसको जवाफमा एयरलाइन्सले अमेरिकाबाट आएका वृद्ध दम्पती दुवैले व्हिल चेयर माग गरेका थिए। पत्नी व्हील चेयरमै थिइन्। उता वृद्ध भने पत्नीसँगै अध्यागमनमा जाँच प्रक्रियामा थिए। 

त्यस दिन व्हीलचेयरको माग धेरै भएको एयर इन्डियाले जनाएको छ। यसका कारण उनीहरूको माग पूरा गर्न नसकिएको कम्पनीले जनाएको छ। ह्वीलचेयर खाली नभएपछि केही समय कुर्न भनिए पनि ती वृद्ध पत्नीसँगै पैदल गएका थिए। 

हिँडेको केहीबेरमै वृद्ध ढल्न पुगे। उनलाई मुम्बई एयरपोर्टमा अवस्थित स्वास्थ्य उपचारपछि नानावती हस्पिटल लगियो। तर अस्पताल पुर्‍याउँदासम्म उनको निधन भयो। मृत्युको कारणलाई हृदयघात भनिएको छ।

एयरपोर्टका अनुसार उक्त जहाजमा ३२ व्हीलचेयर आवश्यक पर्ने यात्रु थिए। जबकि एयरपोर्टमा १५ वटा मात्रै व्हीलचेयर थिए। 

भारतीय मूलका ती वृद्ध अमेरिकी राहदानीवाहक थिए। उनी पत्नीसँगै एयर इन्डियाको उडानबाट एआई-११६ को इकोनोमी क्लासमा थिए। यो जहाज ११ फेब्रुअरीमा न्यूयोर्कबाट उडेर १२ फेब्रुअरीमा मुम्बई आइपुगेको थियो। 

उनीहरूले व्हीलचेयर यात्रुका रुपमा टिकट बुक गरेका थिए। तर मुम्बई एयरपोर्टमा व्हीलचेयर अभावका कारण वृद्धको ज्यान गयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .