ग्लोबल


भारतको गुजरातबाट एकैदिन चरेससहित २० अर्बको लागुऔषध बरामद

भारतको गुजरातबाट एकैदिन चरेससहित २० अर्बको लागुऔषध बरामद

नेपालखबर
फागुन १६, २०८० बुधबार १८:४, काठमाडौँ

भारतको गुजरातमा करिब २० अर्ब भारतीय रुपैयाँको ३३ सय किलोग्राम लागुऔषध मंगलबार राति बरामद भएको छ। 

गुजरातको पोरबम्दरमा ३३ सय किलो लागुऔषध बरामद गरिएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार जसको मूल्य २० अर्ब रुपैयाँभन्दा माथि छ।

लागुऔषधसँगै भारतीय अधिकारीहरूले पाँचजना विदेशी नागरिकलाई पनि पक्राउ गरिएको जनाएका छन्।  

नारकोटिक्स कन्ट्रोल ब्यूरोले स्थानीय सुरक्षा अधिकारीहरूसँग मिलेर चलाएको अपरेसनका क्रममा अर्बौँ मूल्यको लागुऔषध चरेससहित बरामद भएको हो। 

भारतीय नौसेना, गुजरात एटीएस, नेभी र सेन्ट्रल एजेन्सीको संयुक्त अपरेसनका क्रममा मंगलबार अरब सागरमा भारतीय सीमातर्फ यो लागुऔषध बरामद भएको हो। 

संयुक्त अपरेसनका क्रममा लागुऔषध गन्तव्यमा पुर्‍याउन खटिएका ५ जना विदेशी नागरिक पनि समातिएका हुन्। उनीहरू इरानी या पाकिस्तानी भएको आशंका भारतीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै गरेका छन्। 

केही दिनअघि गिर सोमनाथ पुलिसले भेरबल सहरको घाटसम्म बगेर आएको ३ अर्ब ५० करोड रुपैयाँको नशालु औषधि बरामद गरेको थियो। 

त्यसपछि दिल्ली नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी), गुजरात एटीएस र अन्य केन्द्रीय एजेन्सी यो लागुऔषध तस्करीमा संलग्नको खोजीमा लागेका थिए।

यस अपरेसनका क्रममा समुद्री सीमाबाट मादक पदार्थ र लागुऔषधको अहिलेसम्मकै ठूलो परिमाण बरामद भएको हो।

भारतीय नौसेनाका अनुसार यस अपरेसनमा ३ हजार ८९ किलोग्राम चरेस, १५८ किलोग्राम मेथम्फेटामाइन र २५ किलोग्राम मर्फिन जफत भएको हो।

यसलाई लिएर केन्द्रीय गृहमन्त्री अमित शाहले एनसीबी, नौसेना र गुजरात पुलिसलाई बधाई दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .