विधानसभाको लागि भारतको नयाँ दिल्लीमा भएको चुनावको मतगणना शुरु भएको छ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अहिलेसम्मको मतगणनामा आम आदमी पार्टीले भारी अग्रता कायम राखेको छ। प्रारम्भिक मत गणनाले अवरविन्द केजरीवालले नेतृत्वको आम आदमी पार्टीले प्रष्ट बहुमत ल्याउने संकेत देखिएको छ।
अहिलेसम्मको मतगणनाअनुसार आम आदमी पार्टीले १६ स्थानमा अग्रता लिएको छ। त्यसैगरी भारतीय जनता पार्टीले १६ र कंग्रेसले एक सिटमा अग्रता लिएका छन्।
७० सिट रहेको दिल्लीमा सरकार बनाउन ३६ सिटको आवश्यकता हुन्छ।सन् २०१५ को निर्वाचनमा केजरीवालको पार्टी ६७ सिट जितेको थियो।
दिल्लीमा फेरि पनि केजरिवाल मुख्यमन्त्री बन्ने निश्चित जस्तै देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
करिब ५० सिटको हाराहारीमा आम आदमी पार्टीले विजयी हासिल गर्न सक्ने अनुमान छ।
प्रतिक्रिया