ad ad

ग्लोबल


चाँदीको छाता लिएर राम मन्दिरको गर्भगृह पुगे मोदी (भिडिओ)

चाँदीको छाता लिएर राम मन्दिरको गर्भगृह पुगे मोदी (भिडिओ)

नेपालखबर
माघ ८, २०८० सोमबार १२:४४, काठमाडौँ

भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम भइरहेको छ।

सोमबार बिहानैदेखि राममन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम सुरु भएको थियो। 

उक्त कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनदेखि अयोध्यामा छन्।

प्राण प्रतिष्ठा कार्यक्रममा अन्य १४ जना जजमानसहित प्रधानमन्त्री मोदी सहभागी हुँदैछन्।

उनी उक्त कार्यक्रमका लागि हातमा चाँदीको छाता लिएर श्रीराम जन्मभूमि मन्दिरको गर्भगृहमा छिरेका छन्। 

मोदीसँग जजमानहरू पनि देखिएका छन्। मोदीसँग संघ प्रमुख मोहन भागवत, उत्तर प्रदेशका गभर्नर आनन्दी बेन र मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी छन्। 

गर्भगृहमा श्रीरामको प्राण प्रतिष्ठाको विधिपूर्वक पूजा गरेर सुरु गरिएको छ। यो कार्यक्रम भारतीय समयअनुसार मध्यान्ह १२ बजेर ५५ मिनेटसम्म चल्नेछ।

 त्यसपछि दिउँसो १ बजे मोदी सार्वजनिका कार्यक्रममा सहभागी हुनेछन्। यस क्रममा राम मन्दिरको निर्माण गर्ने मजदुरसँग पनि उनी भेट्नेछन्। 

दिउँसो सवा २ बजे श्रीराम जन्मभूमि परिसरस्थित कुबेर टिलास्थित शिव मन्दिरमा दर्शन र पूजा गरिँदैछ। करिब ४ घण्टा ३५ मिनेटको उक्त धार्मिक कार्यक्रमपछि मोदी दिल्ली फर्किनेछन्। 

प्रधानमन्त्री मोदीले श्रीरामको प्राण प्रतिष्ठाअघि ११ दिनदेखि अनुष्ठानका क्रममा उपवास, जप र गाई पूजा गरे। उनी ११ दिनसम्म भुइँमा सुते। मोदीले यसक्रममा रामायणसँग जोडिएका ४ राज्यका ७ वटा मन्दिरको दर्शन र पूजा पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .