ad ad

ग्लोबल


यस्तो छ राम मन्दिरको गर्भगृहमा राखिएको रामको मूर्ति

यस्तो छ राम मन्दिरको गर्भगृहमा राखिएको रामको मूर्ति

नेपालखबर
माघ ५, २०८० शुक्रबार १८:१५,

भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाको भव्य तयारी भइरहेको छ। मन्दिरको गर्भगृहमा राखिएको रामको मूर्तिको तस्बिर सार्वजनिक गरिएको छ।

भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको रामको नयाँ मूर्ति ५१ इन्च अग्लो भएको बताइएको छ।

सो कालो प्रस्तर मूर्ति मैसुरका मूर्तिकार अरुण योगीराजले बनाएका हुन्। जसलाई बुधबार राति मन्दिरमा ल्याइएको थियो। 

सो मन्दिरमा जनवरी २२ का दिन प्राण प्रतिष्ठा समारोह आयोजना गरिएको छ।

सो समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन्। 

सोमबार दिउँसो १२ः२० समारोह सुरु हुनेछ। 

भोलिपल्टदेखि राममन्दिर सर्वसाधारणका लागि खुला गरिनेछ।

मन्दिर उद्घाटनसँगै अयोध्यामा धार्मिक पर्यटकको संख्या ह्वात्तै बढ्ने अपेक्षा सरकारले गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .