ग्लोबल


भारतसँग सम्बन्ध धमिलिएको बेला माल्दिभ्सले चीनसँग गर्‍यो २० सम्झौता, सम्बन्ध स्तरोन्नति

भारतसँग सम्बन्ध धमिलिएको बेला माल्दिभ्सले चीनसँग गर्‍यो २० सम्झौता, सम्बन्ध स्तरोन्नति

नेपालखबर
पुस २६, २०८० बिहिबार १५:१३,

चीन र माल्दिभ्सले द्विपक्षीय सम्बन्ध स्तरोन्नति गरेका छन्। राष्ट्रपतिद्वय सी चिनफिङ र मोहमद मुइजुले बेइजिङमा द्विपक्षीय वार्तापछि यस्तो घोषणा गरेका हुन्।

अब यी दुई मुलुकबीचको सम्बन्ध ‘बृहत् रणनीतिक सहकार्यमूलक साझेदारी’ मा स्तरोन्नति गरिएको बताइएको छ।

‘नयाँ परिस्थितिमा चीन–माल्दिभ्स सम्बन्धले विगतका उपलब्धिहरुमा टेकेर अघि बढ्ने ऐतिहासिक मौका छ,’ सीले भनेका छन्।

सत्ता सम्हालेलगत्तै मुइजु पहिलो विदेश भ्रमणमा चीन गएका हुन्। उनले नोभेम्बरमा सत्ता सम्हालेका थिए। ‘इन्डिया आउट’ नारामा चुनाव जितेका उनले माल्दिभ्सबाट भारतीय सेना हटाउन आग्रह गरिसकेका छन्।

यतिबेला भारत र माल्दिभ्सबीच कूटनीतिक सम्बन्ध धमिलिएको छ। माल्दिभ्सका वरिष्ठ अधिकारीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अपमानजनक टिप्पणी गरेपछि भारतीयहरुले पर्यटकीय गन्तव्यका रुपमा माल्दिभ्सलाई बहिष्कार गर्ने अभियान चलाइरहेका छन्।

मालदिभ्ससँग सम्बन्ध स्तरोन्नति गरेर चीनले सो मुलुकमा लगानी वृद्धि गर्ने आधार तयार गरेको विश्लेषण भइरहेको छ।

दुई मुलुकबीच पर्यटन, सुरक्षा, विभिन्न विषयमा २० वटा सम्झौता भएका छन्।

सन् २०१४ मा बीआरआईमा प्रवेश गरेपछि मालदिभ्समा चिनियाँ कम्पनीहरुले १.३७ अर्ब डलर लगानी गरेका छन्। एजेन्सी 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad