ग्लोबल


क्रिसमस डिनरपछि एयरबस एट्लान्टिकका ७०० कर्मचारी बिरामी

क्रिसमस डिनरपछि एयरबस एट्लान्टिकका ७०० कर्मचारी बिरामी

नेपालखबर
पुस ७, २०८० शनिबार १०:५३, काठमाडौँ

फ्रान्सेली स्वास्थ्य अधिकारीहरूले क्रिसमसको रात्रिभोजपछि एयरबस एट्लान्टिक कम्पनीका ७ सयभन्दा बढी कर्मचारी बिरामी परेको बताएका छन्।

एआरएस हेल्थ केयरका अनुसार पश्चिमी फ्रान्समा रहेको कम्पनीको साइटका कर्मचारीहरूले बेलुकाको खाना खाएपछि बान्ता र पखाला लागेको गुनासो गरेका हुन्। 

ठूलो मात्रामा खाद्य विषाक्तताको स्रोत पत्ता लगाउन अनुसन्धान सुरु गरिएको समाचार एजेन्सी एएफपीलाई उधृत गर्दै बीबीसीले जनाएको छ। 
क्रिसमसअघि दिइएको यो डिनर फिस्टको मेनुमा के थियो भन्ने अझै स्पष्ट हुन सकेको छैन।

एयरबस एट्लान्टिक विश्वको सबैभन्दा ठूलो विमान निर्माता एयरबसको सहायक कम्पनी हो। यसले पाँच देशका १५ हजार जनालाई रोजगारी दिएको छ।

पूरै एयरबस समूहमा १ लाख ३४ हजार मानिस काम गर्छन्। समूहले विमान, हेलिकप्टर, रक्षा, अन्तरिक्ष र सुरक्षा उद्योगमा काम गर्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad