ग्लोबल


आँखाको सर्जरी गरिरहँदा चिनियाँ सर्जनले बिरामीको टाउकोमा मुक्का हानेपछि...

आँखाको सर्जरी गरिरहँदा चिनियाँ सर्जनले बिरामीको टाउकोमा मुक्का हानेपछि...

नेपालखबर
पुस ६, २०८० शुक्रबार १८:३०, काठमाडौँ

चीनको एक अस्पतालमा एक सर्जनले आफैँले अप्रेसन गरिरहेको बिरामीलाई मुक्का हानेको घटना सार्वजनिक भएको छ। अधिकारीहरुले यसको छानबिन सुरु गरेका छन्।

डाक्टरले बिरामीलाई मुक्का हान्दै गरेको क्लिप चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएपछि धेरै मानिसहरु आक्रोशित भएका छन्।

अस्पताल सञ्चालक आयर चाइना ग्रुपले सर्जनलाई निलम्बन गर्नुका साथै अस्पतालका सीईओलाई बर्खास्त गरेको छ। कुटपिटको घटना भने २०१९ मै भएको बताइएको छ। सो ग्रुपले आँखा अस्पतालहरुको चेन सञ्चालन गर्छ।

सो ग्रुपका अनुसार यो घटना दक्षिणपश्चिमी सहर किकाङमा भएको हो।

भिडिओमा देखिएअनुसार आँखाको अप्रेसन गरिरहँदा सर्जनले बिरामीलाई टाउकोमा कम्तीमा तीन पटक मुक्का हानेका छन्।

बिरामी ८२ वर्षीया महिला भएको जनाइएको छ। सो ग्रुपले लोकल एनेस्थेसियाको भरमा अप्रेसन गर्न खोजेको तर, दुखाइका कारण ती महिलाले टाउको हल्लाएको बताइएको छ।

सर्जरीपछि अस्पतालले माफी माग्दै महिलालाई ५ सय युआन तिरेको बताइएको छ।

ती महिला अहिले बायाँ आँखा देख्न नसक्ने बनेको उनको छोराले बताएका छन्।

यो घटना अस्पतालले गुपचुप राखेको जनाइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad