ad ad

ग्लोबल


जर्ज फ्लोइडको हत्या गर्ने पूर्वप्रहरीमाथि जेलमै छुरा प्रहार

जर्ज फ्लोइडको हत्या गर्ने पूर्वप्रहरीमाथि जेलमै छुरा प्रहार

नेपालखबर
मंसिर ९, २०८० शनिबार १७:३३,

सन् २०२० मा जर्ज फ्लोइडको हत्या गरेर जेल जीवन बिताइरहेका पूर्वप्रहरी डेरेक सोभिनमाथि जेलमै छुरा प्रहार भएको छ।

शुक्रबार एरिजोनास्थित जेलमा उनीमाथि आक्रमण भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।

उनको अवस्था स्थिर रहेको बताइएको छ।

अप्रिल २०२१ मा उनलाई अदालतले दोषी ठहर गरेको थियो। राज्यको तर्फबाट लगाइएको हत्या आरोपमा उनलाई साढे २२ वर्षको जेल सजाय सुनाइएको छ। 

केही महिनापछि फ्लोइडको नागरिक अधिकार हनन गरेको संघीय आरोपमा उनीले दोष कबुल गरेका थिए। त्यसमा उनलाई २१ वर्ष सजाय सुनाइएको थियो।

२५ मे २०२० मा सोभिनले अश्वेत नागरिक फ्लोइडको गर्धनमा ९ मिनेटसम्म थिचेर उनको हत्या गरेका थिए। आफूले सास फेर्न नसकेको बताइरहँदा पनि सोभिनले फ्लोइडलाई छाडेका थिएनन्। 

फ्लोइडको हत्यापछि अमेरिकाभर जातीय अन्यायको विरुद्ध ठुल्ठूला प्रदर्शन भएका थिए। प्रहरीले अश्वेत नागरिकहरुलाई गर्ने दुर्व्यवहारका घटनाहरुलाई यसले सामुन्ने ल्याइदिएको थियो। जसका कारण प्रहरीमा गरिएको लगानी घटाउनुपर्ने माग समेत उठेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .