ग्लोबल


युद्धविराम सम्झौतापछि गाजा पट्टीमा इन्धन ट्रकहरू प्रवेश

युद्धविराम सम्झौतापछि गाजा पट्टीमा इन्धन ट्रकहरू प्रवेश

फाइल तस्बिर


नेपालखबर
मंसिर ८, २०८० शुक्रबार २०:१, गाजा

इजरायल र हमास बीच शुक्रबार बिहान अस्थायी युद्धविराम लागू भएपछि इन्धन र खाना पकाउने ग्यासले भरिएका ट्रकहरू गाजा पट्टीमा प्रवेश गरेका छन्।

प्यालेस्टिनी सुरक्षा स्रोतले जसलाई नाम न छाप्ने शर्तमा बताएअनुसार ईन्धन र खाना पकाउने ग्यास बोकेका ट्रकहरू गाजा पट्टीमा ढुवानी गर्न विशेष क्षेत्रमा आइपुगेका छन्।

योसँगै गाजा पट्टी र इजिप्ट बीचको विवादित भूमि पार हुँदै अन्य किसिमका मानवीय आपूर्ति पनि सहज हुने अपेक्षा गरिएको छ।

हमासले प्रेस विज्ञप्तिमा भनेको छ, ‘युद्ध अवधिमा दैनिक २०० ट्रक राहत र चिकित्सा सामग्री र चार ट्रक इन्धन र खाना पकाउने ग्यास गाजा पट्टीमा प्रवेश गर्नेछ।’

यसअघि कतार र इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीचको मानवीय युद्धविराम घेराबन्दीमा परेको तटीय क्षेत्रमा लागू भएको थियो । गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएका १३ जनालाई रिहा गरेपछि इन्धन र खाना पकाउने ग्यासको आपूर्ति गर्ने योजना बनाइएको छ। (रासस/सिन्ह्वा)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad